रोडसो इन्भेष्टमेन्ट कम्पनी प्रा.लिले माउन्टेन हाइड्रो नेपाल लिमिटेडको पाँच लाख कित्ता शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको छ । रोडसो इन्भेष्टमेन्टले कम्पनी तथा कम्पनीको शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता र औचित्यको आधारमा दोस्रो बजारमा ति शेयर बिक्री गर्ने निर्णय भएको जनाएको हो।
विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको स्वीकृति तथा नियमनको सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत कम्पनीले यस निर्णय सार्वजनिक गरेको हो । उक्त ब्यबस्था अनुसार सूचीकृत कम्पनीको संस्थापक शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्ने ब्यबस्था छ ।