
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा मन्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको गरि कुल ४४ लाख ४४ हजार ६१ दशमलव ५६८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज मन्जुश्री फाइनान्सको ४० प्रतिशतले आउने ३८ लाख ६१ हजार ५ सय ७९ दशमलव ५६८० कित्ता बोनस शेयर र एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ८२ हजार ४ सय ८२ कित्ता बोनस शेयर सुचिकृत भएको हो।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।