सूर्या लाइफको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 12:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  को २२ लाख कित्ता बढी संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २ सय ५४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । 

शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।

कम्पनीको पुस १९ गते सम्पन्न साधारणसभाले 'कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत  कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने ।' प्रस्ताव पारित गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved