आईएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 09:37:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो

कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  

कम्पनीले  भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved