विन नेपाल लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 10:25:14 AM मा प्रकाशित

laxmi  sunrise bank

विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफा रकमवाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २०७८ साल असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी रु. ६,१५,००,०००।- (अक्षरेपी छ करोड पन्ध लाख) को ११ प्रतिशतले हुन आउने रकम रु. ६७,६५,०००।- बोनस शेयर र सो को कर प्रयोजनको लागि ०.५ प्रतिशतले हुन आउने रकम रु. ३३८,२५०/- नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण भावाट पारित भए पश्चात् लगानीकर्तामा वितरण हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved