कुन मूल्यमा भयो नेष्डो समृद्ध लघुवित्तको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 10:49:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार सुचारु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको मूल्य तयभएपछि कारोबार सुरु भएको हो ।

कम्पनीको पहिलो कारोबार ७४७.७ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि २६०.८४ रुपैयाँदेखि ७८२.५२ रुपैयाँको रेन्ज तोकेको थियो । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने ब्यबस्था थियो। नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

 आइतबार कम्पनीको २५ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको थियो ।  कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल रहेको छ । शेयर बाँडफाँड गर्न आयोजित कार्यक्रम मै कम्पनीले  शेयर रजिष्ट्रार नियुक्त गरेको थियो  ।

कम्पनीले फागुन ११ देखि चैत्र १५ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved