नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 08:15:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६८३.६४ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५१५२ रुपैयाँ थियो ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  । चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले  आर्थिक वर्ष ७७ /७८  को मुनाफाबाट  १० प्रतिशत बोनस र ०.५२६  प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले चैत्र ३० गते साधारणसभा गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved