मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 08:43:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने भएको छ । कम्पनीले  २०७८/०९/१९ मा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट आ.व. २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको र सो शेयर पाउन कर तिर्न आग्रह गरेको हो ।

कम्पनीका अनुसार  साविकको स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोवार भएको मिति २०७७/०४/११ गते पश्चात् शेयर खरीद गरेका वा प्राथमिक शेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो शेयर कायम रहेका शेयरधनीहरुको हकमा सो शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने छ ।  

कम्पनीले बोनस शेयरमा लाग्ने कर वापतको कम्पनीको नाममा रहेको बैंक खातामा जम्मा गरी सो भौचर यस वित्तीय संस्थाको इमेल: [email protected] मा पठाए पश्चात् मात्र रकम जम्मा गरेको भौचर र बैंक खातामा जम्मा भएको रकमसंग भिडान गरी क्रमशः बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाईने जनाएको छ ।

कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा मोबाइल नम्बर समेत अनिवार्य उल्लेख गर्न समेत कम्पनीले आग्रह गरेको छ। कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट www.nmbcl.com.np मा गई आफुले तिर्नु पर्ने करको विवरण हेर्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै शेयर दाखिला खारेजी बन्द भएको मिति २०७८/०९/०४ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गर्नु पर्ने भए सो समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter वा फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

बोनस शेयरको कर वापतको रकम जम्मा गर्ने बैंकको विवरण :

बैंकको नाम : एनएमबि बैंक लिमिटेड, शाखा कार्यालय भैरहवा ।

खाता नं. :0780066128300012

खाताको नाम : Manakamana Smart Laghubitta Bittiya Sanstha Limited

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved