समृद्धि फाइनान्सले चैत्र २९ देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 08:27:22 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रदमा अवितरित शेयर चैत्र २९ गतेदेखि लिलाम गर्ने भएको छ । कम्पनीले  हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो। 

यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ । 

लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।   संस्थापक समूहको शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण खरीदकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वित्तीय विवरण, कम्पनीको आयस्रोत खुल्ने कागजात, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन अनुसार संस्थापक शेयर खरीद गर्न योग्य हुनुपर्नेछ। यस लिलामीको शेयरमा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छ ।

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् 

बि.ओ.के. क्यापिटल मार्केट लि., नारायणचौर, नक्साल, काठमाण्डौ।

बैंक अफ काठमाण्डू लि.को शाखा कार्यालयहरु: मेनरोड- बिराटनगर, आदर्शनगर -विरगंज, न्यूरोड -पोखरा, ट्राफिक चोक -बुटवल, सुर्खेत रोड - नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर- सुर्खेत मेनरोड, चौराहा- धनगढी।

समृद्धि फाइनान्स कम्पनी लि. केन्द्रिय कार्यालय हेटौडा- मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक- काठमाडौं, नारायणगढ-चितवन, पोखरा- कास्की, बुटवल-रुपन्देही।


कम्पनिले हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिसकेको छ। हकप्रदमा संस्थापकतर्फ ६३ जना र सर्वसाधारणतर्फ ८ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा उनीहरुलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले  फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो । फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।    

 वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved