पर्याप्त आबेदन नपरेपछि प्राइम बैंकको डिबेन्चरको म्याद थप, अब कहिलेसम्म किन्न पाइन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 01:25:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको डिबेन्चरमा पर्याप्त माग नआएपछि निष्काशनको मिति थपिएको छ। '१०% प्राइम डिबेन्चर २०८८' मा चैत २१ सम्म आबेदन दिन पाउने गरि निष्कासन गरीएपनि पर्याप्त आबेदन नपरेपछि म्याद थप गरीएको हो। 

चैत १६ गतेदेखि निष्काशन गरिएको डिबेन्चरमा अब चैत ३० गतेसम्म आबेदन दिन सकिनेछ।

सिडीएससीका अनुसार  प्रति इकाई १००० रुपैयाँका दरले निष्काशन गरिएको २५ लाख इकाईमा १५ हजार ५९१ आवेदकले ७ लाख ७१ हजार २२ इकाईको लागि आबेदन दिएका छन्। जुन ७७।१ प्रतिशत मात्रै हो। 

२५ लाख इकाई मध्ये १० लाख इकाई सर्वसाधारणको लागि छुट्याइएको छ भने १५ लाख इकाई संस्थाहरुको लागी छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको मध्ये ५ लाख इकाई म्युचुअल फण्डको लागि छुट्याइएको हो।    

प्राइम बैंकको डिबेन्चर २०८८ मा परिपक्व हुनेछ भने यसले इकाईधनीलाई बार्षिक १० प्रतिशत प्रतिफल दिनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved