कालिका लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 08:36:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्तको बोनस शेयर पाउन बोनस शेयरमा लाग्ने कर तिर्नु भएको छ । साविकको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र यस वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोवार भएको मिति २०७६/०९/२३ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीहरुको हकमा सो थप शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७(क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने कम्पनीले जनाएको हो ।

कम्पनीको २०७८/०९/३० मा सम्पन्न १२औं वार्षिक साधारण सभाबाट आ.व. २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले उक्त थप शेयरबाट आर्जित बोनस शेयरमा लाग्ने कर वापतको रकम तिर्न आग्रह गरेको हो।

कम्पनीले लक्ष्मी बैंक लिमिटेड, अमरसिंहचोक, पोखरामा Kalika Laghubitta Bittiya Sanstha Ltd. को नाम रहेको खाता नम्बर 11211001403 मा कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कर वापतको रकम बैंक खातामा जम्मा गरी सो भौचर [email protected] मा पठाउन पनि आग्रह गरेको छ।  रकम जम्मा गरेको भौचर र बैंक खातामा जम्मा भएको रकमसंग भिडान गरी क्रमशः बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाईने भएकोले कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा मोबाइल नम्बर समेत अनिवार्य उल्लेख गर्न समेत कम्पनीले आग्रह गरेको छ।

आफुले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको वेबसाईट www.nmbcl.com.np मा गई हेर्न सकिने कम्पनीले जनाएको छ। शेयर दाखिला खारेजी बन्द भएको मिति २०७८/०९/२१ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गर्नु पर्ने भए सो समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter वा फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved