प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 08:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को लाभांश सुरक्षित गर्ने आज चैत्र २३ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले बैशाख ११ गते बिरगंजमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; 

साधारण प्रस्ताव 

१) आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा-नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक श्री के.जे. एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुन: नियुक्त हुन सक्नेछ) ।

४) संचालक समितिबाट प्रस्तावित रु. ४०,८४,११९/ नगद लाभांश पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ) ।

 विशेष प्रस्ताव

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका शेयरधनीहरुलाई कम्पनीको हाल कायम रहेको रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० चुक्ता पूजीको ७% बोनस शेयर (कर बाहेक) पारित गर्ने र सो अनुकुल कम्पनीको अधिकृत, जारी र चुक्ता पूजी कायम गर्ने ।

२) कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूजी रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० बाट बृद्धि गरी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैया" कायम गर्ने सम्बन्धमा । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, ३) विशेष प्रस्ताव नं. १ र २ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गर्ने ।

४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved