ग्लोबल आईएमई लघुवित्तको बोनस पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 09:55:55 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्तका केहि लगानीकर्ताले बोनस शेयर पाउन कर तिर्नु पर्ने भएको छ । कम्पनीले कर दायित्व रहेका लगानीकर्तालाई बोनस शेयर पाउनको लागि कर वापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको २०७८/०८/२८ मा सम्पन्न नवौं बार्षिक साधारण सभाले आ.व. २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई यस वित्तीय संस्थाले प्राप्ति गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको मिति २०७८ बैशाख ८ गते पश्चात् शेयर खरिद गरेका शेयरधनीहरुको हकमा सो थप शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ७४ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वंयले नै तिर्नुपर्ने कम्पनीले जनाएको हो । उक्त थप शेयरबाट आर्जित बोनस शेयरमा लाग्ने कर बापतको रकम तिर्न कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले कर वापतको रकम  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.को नाममा ग्लोबल आईएमई बैंक पोखरा, न्यूरोड शाखामा रहेको बैंक खाता नं. 1201010000370 मा बुझाउन आग्रह गरेको छ ।  रकम जम्मा गरेको भौचर  [email protected] मा पठाउन र रकम जम्मा गरेको भौचर तथा बैंक खाताम जम्मा भएको रकमसँग भिडान गरी क्रमश : बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न कम्पनीले आग्रह गरेको छ। साथै, भौतिक रुपमा शेयर धारण गर्ने शेयरधनीहरुले समेत आफ्नो शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै, शेयर दाखिला खारेजी बन्द भएको मिति २०७८/०८/१४ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गर्नु भएका शेयरधनीहरुको बोनस शेयरमा कर लाग्ने भएमा कर बापतको रकम समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट NoObjection Letter वा फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ।

आफुले प्राप्त गर्ने बोनस शेयरमा तिर्नुपर्ने करको रकम वित्तीय संस्थाको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको वेबसाईट राखिएको कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved