एनआईसीमा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क डिम्याट र मेरो शेयर खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 06:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता सुविधा प्रदान गर्ने भएको छ । क्यापिटलले  ‘क’ तथा ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता सुविधा दिने भएको हो। 

क्यापिटलले शारीरिक तथा मानसिक कमि कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गराउने प्रमुख उद्देश्यका साथ एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोलिदिने व्यबस्था मिलाइएको जनाएको हो । 

साथै अनलाइन मार्फत पनि सहजै रुपमा डिम्याट खाता र मेरो शेयरको खाता खोल्न सकिने क्यापिटलले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved