नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 08:29:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६०२.८० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६४५ रुपैयाँ रहेको थियो । 

कम्पनीले  साधारणसभा प्रयोजनको लागि आज चैत्र २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो। चैत्र २४ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले बैशाख ९ गते शुक्रबार लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजी ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

क. सामान्य प्रस्तावहरु:

(१) सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्धारा पेश हुने कम्पनीको आ.ब. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) आ.ब. २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

(३) लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

(४) संचालक समितिबाट प्रस्ताव गरे वमोजिमको आ.ब. २०७७/०७८ को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ रू.४२,६४,७९०.५०/- (अक्षरेपी बयालिस लाख चौसठी हजार सात सय नब्बे रूपैया र पचास पैसा मात्र) नगद लाभांश स्वीकृत गर्ने ।

ख. विशेष प्रस्तावहरुः

(१) कम्पनीको अधिकृत पूँजी वृद्धिगरी रु.२ अरब ५० करोड पुयाउने विशेष प्रस्ताव पारित गर्ने ।

(२) संचालक समितिबाट प्रस्ताव गरे वमोजिम आ.ब. २०७७/०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी रु.१,१५,७५,८६,०००/- (अक्षरेपी एक अरब पन्ध्र करोड पचहत्तर लाख छयासी हजार रूपैया मात्र) को ७ (सात) प्रतिशतका दरले हुन आउने रू.८,१०,३१,०२०।- (अक्षरेपी आठ करोड दश लाख एकतीस हजार बीस रुपैया मात्र) बरावरको वोनस शेयर जारी गर्ने । वोनस शेयर जारी गर्दा कम्पनीको साधारण सभाको लागि शेयरधनी किताब बन्द मितिसम्म कायम शेयरधनीहरु मात्र बोनस शेयरको लागि योग्य रहने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजना गर्ने गरी यथावत राख्ने ।

(३) यस सभामा प्रस्तावित ७ प्रतिशत बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी बृद्धि गरी सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा विनियमावली को सम्वद्ध दफहरुमा संशोधन गर्ने ।

(४) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(५) विविध।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved