बैक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता शेयर बिक्रि गर्दै निर्मल प्रधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 08:43:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बैक अफ काठमाण्डू लिमिटेडका संस्थापक शेयरधनी निर्मल प्रधानले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रि गर्ने भएका छन् । प्रधानले आफ्नो नाममा दर्ता कायम रहेको १,३१,५३१ कित्ता संस्थापक शेयर बिक्री गर्नको लागि बैंकमा निवेदन दिएका हुन्। 

संस्थापक शेयर बिक्री गर्दा बैंकको बहालवाला संस्थापक शेयरधनीहरूलाई पहिलो प्रथामिकता दिनु पर्ने प्रावधान भएकोले बैंकले उक्त संस्थापक शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूलाई  ३५  दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निबेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ । 

साथै उक्त म्याद भित्र कसैको निवेदन प्राप्त नभएमा उक्त संस्थापक शेयर कानून बमोजिम बिक्री भएर जाने र सो उपर कसैको दावी उजूर बाजूर नलाग्ने बैंकले प्रष्ट पारेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved