आज आइतबार शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2022 | 08:41:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र २७ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द रहने भएको छ । आज सरकारले सार्वजनिक विदा दिएकोले नेप्से बन्द रही शेयर कारोबार नहुने भएको हो । 

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार  बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। उनका अनुसार आज आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ "वि.सं. २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।"  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved