प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 08:29:18 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज चैत्र ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले  चैत्र १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो ।

कम्पनीले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १५ लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने छ भने १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १० लाख कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ  । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved