आईएमई जनरल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, ९१ हजार कित्ता लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 09:09:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले चैत्र २८ गते हकप्रद शेयर बाँडफाँड गरेको हो 

क्यापिटलका अनुसार हकप्रदमा रितपूर्वक आवेदन दिने १३ हजार ६ सय ८९ जना आवेदकलाई ४५ लाख ३९ हजार १ सय ४९ कित्ता शेयर बाँडफाँड गरिएको छ । हक भन्दा बढीको आवेदन दिएका र बाँडफाँडमा शेयर नपरेकालाई बैशाख २ गते शुक्रबार देखि आईपीएस मार्फत पैसा फिर्ता गर्ने क्यापिटलले जनाएको छ 

त्यस्तै हकप्रदमा बिक्रि नभएको ९१ हजार १ सय ९५ कित्ता शेयर लिलाममा आउने छ । कम्पनीले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म हकप्रद बिक्रि गरेको थियो

कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।  

कम्पनीले  भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved