सानिमा लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 10:36:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको  २०७८।१२।२९ मा बसेको संचालक समितिको बैठकले  आ.व. २०७६/०७७ को लागि लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले   आ.व. २०७६/०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको चार दशमलव दुई प्रतिशत (४.२%) बोनस शेयर तथा कर प्रयोजनको लागि शुन्य दशमलव बाइस प्रतिशत (०.२२%) गरी जम्मा चार दशमलव बयालिस प्रतिशत (४.४२%) लाभाशं बितरण गर्ने प्रस्ताव गरेको हो  ।

 नियमनकारी निकाय बीमा समितिले स्वीकृति दिएपश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved