डिस्प्ले स्क्रिन सुचारु गर्न ब्रोकरलाई धितोपत्र बोर्डको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 01:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले डिस्प्ले स्क्रिन सुचारु गर्न ब्रोकरलाई निर्देशन दिएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) बन्द रहको थियो  । 

अब भने कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ । यसै सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने÷गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको (Screen Exhibition Room)  सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो । 

त्यस्तै बोर्डले रियल टाइममा फ्लोर सिट नदेखिने ब्यबस्था गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ  । सरोकारवाला पक्षबाट बोर्डमा  रियल टाइममा फ्लोर सिट नदेखिने ब्यबस्था गर्न सुझाव आएकोले उक्त ब्यबस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको हो ।

हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ । अब भने बोर्डले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरेको छ ।

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) मा 'धितोपत्र बजारले प्रत्येक दिन धितोपत्र बजारमा कारोबार भएको संगठित संस्थाको नाम, प्रत्येक धितोपत्रको मूल्य र परिमाण, कारोबारमा संलग्न व्यवसायी, कारोबार क्रम संख्या लगायतका विवरण खुलाई सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सार्वजनिक गर्नु पर्नेछ ।' भन्ने ब्यबस्था छ । 

सोहि ब्यबस्था अनुसार नेप्सेले रियल टाइममा नै फ्लोर सिट डिस्प्ले गर्ने गरेको थियो । बोर्डले निर्देशन दिएसंगै अब फ्लोर सिटको विवरण रियल टाइममा नभई सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सार्वजनिक गर्नु पर्ने भएको छ  । नागरिक स्टक डिलर, ठूला लगानीकर्ता, संस्थागत लगानीकर्ताले रियल टाइममा फ्लोर सिट देखाउन नहुने बताउदै आएका थिए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved