नेप्सेमा ग्रीन भेन्चर्सको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 02:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको शेयर सुचिकृत भएको छ । आज आइतबार कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै सोमबारबाट कम्पनीको शेयर कारोबार योग्य हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९१.८६ रुपैयाँदेखि २७५.५८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । 

 कम्पनीले चैत्र ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणलाई आईपिओ  बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको थियो ।

बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ५ हजार १३३ आवेदकको आवेदन रद्द भएको छ । बिक्रि प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै मान्य भएको छ । यी मध्ये २ लाख ८७ हजारले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो । अब सर्वसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको सेयर संरचना ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको हुनेछ भने चुक्तापुंजी ३ अर्ब १२ करोड पुग्नेछ। 

कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved