फर्स्ट माइक्रो फाइनान्सको नाफा ४६.४४ प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 08:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्ट माइक्रो फाइनान्सको नाफा ४६.४४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा बढेर १६ करोड ६१ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको वितरण योग्य मुनाफा भने ११ करोड ८२ लाख रहेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६०.१४ प्रतिशतले बढेर ३० करोड ७१ लाख पुगेको छ । कम्पनीको कर्जा सापटी १०.८२ प्रतिशतले बढेर ९ अर्ब ५४ करोड पुगेको छ भने कर्जा प्रवाह २७.६७ प्रतिशतले बढेर १० अर्ब ४१ अर्ब पुगेको छ । ९६ करोड ४४ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३२ करोड ६३ करोड रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा, प्रति शेयर नेटवर्थ ३३ रुपैयाँ ८४ पैसा, बेस रेट १२.३५ प्रतिशत, र कोषको लागत १०.५५ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved