नारायणी डेभलपमेन्ट बैंकले लिलाममा ल्याएको हकप्रद बाँडफाँड, आजैदेखि पैसा फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 09:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले लिलाममा ल्याएको हकप्रदमा अवितरित शेयर बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले चैत्र २५ गते शेयर बाँडफाँड गरेको हो । 

क्यापिटलका अनुसार संस्थापक समुहतर्फको कटअफ मूल्य ११५.३८ रुपैयाँ र सर्वसाधारण तर्फको शेयरको कट अफ मूल्य ४२२ रुपैयाँ कायम भएको छ । क्यापिटलले बाँडफाँडमा नपरेको आज बैशाख ५ गतेबाट फिर्ता गर्ने जनाएको छ । आईपीएस मार्फत सम्बन्धित लगानीकर्ताको बैंक खातामा नै पैसा फिर्ता हुने क्यापिटलले उल्लेख गरेको छ । 

 नारायणी डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित १ लाख ४५ हजार ६ सय ४९ कित्ता शेयर चैत्र १० गतेदेखि लिलाम गरेको थियो ।  जस मध्ये १ लाख ३१ हजार ९ सय ९८ कित्ता शेयर संस्थापक समुहको रहेको थियो भने बाँकि १३ हजार ६ सय ५१ कित्ता सर्वसाधारण समुहको रहेको थियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved