नेप्सेमा ३ लाख ५९ हजार कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2022 | 04:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार कालिका लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ । आज कालिका लघुवित्तको १३ प्रतिशतले हुन आउने ३ लाख ५९ हजार ९ सय ४५ दशमलव १६३५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद गर्न सक्ने छन् ।

यस अघि हिजो आइतबार मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशतले हुन आउने २ लाख ५ हजार ९ सय ५५ कित्ता बोनस शेयर, छिमेक लघुवित्तको २७ प्रतिशतले हुन आउने ४९ लाख ४१ हजार कित्ता बोनस शेयर, र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.७० प्रतिशतले हुन आउने ६ लाख ८५ हजार ४ सय १ कित्ता बोनस शेयर गरि कुल ५८ लाख ३२ हजार ३ सय ५६ कित्ता बोनस सेयर सुचिकृत भएको थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved