खुद ब्याज आम्दानी बढे पनि नबिल बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 08:22:52 AM मा प्रकाशित

laxmi bank ntc

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंकको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ६७ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफ  घटेर ३ अर्ब ३५ करोड कायम भएको छ 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड पुगेको छ ।  यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड रहेको छ । 

यस अवधिमा बैंकको निक्षेप ४.८१ प्रतिशतले बढेर २ खर्ब ३४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२.१० प्रतिशतले बढेर २ खर्ब २१ अर्ब पुगेको छ यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड रहेको छ । 

खुद ब्याज आम्दानी बढेपनि बैंकको नाफा भने घटेको हो । बैंकको खराब कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशतले पुगेको छ । सोहि कारण बैंकले धेरै रकम प्रोभिजन गरेकोले बैंकको नाफा घटेको हो 

१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १६ अर्ब ६९ करोड रिजर्भ र सरप्लस रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ १६ पैसा, प्रति शेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा, पीई रेसियो ४०.१८ गुणा, बेस रेट ८.२२ प्रतिशत, सिडी रेसियो ९१.४७ प्रतिशत, र कोषको लागत ६.८४ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved