७६.९८ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 09:06:11 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफा ७६.९८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४० करोड ३६ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा बढेर ६९ करोड ५७ लाख पुगेको छ। 

यस अवधिमा बैंकको खुद नाफा आम्दानी १५.६४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ४५ करोड ८३ लाख रहेको छ 

समिक्षा अवधिमा बैंकको निक्षेप ८.२१ प्रतिशतले बढेर ४१ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह २६.५१ प्रतिशतले बढेर ३८ अर्ब ८ करोड पुगेको छ । 

खराब कर्जा असुल भई बैंकको प्रोभिजन फिर्ता भएसंगै बैंकको खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड ३२ लाख प्रोभिजन गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो रकम १५ लाख मात्र कायम रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा ४.४४ प्रतिशतबाट घटेर २.८९ प्रतिशत कायम भएको छ।

४ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब २४ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.७४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५६.४ रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved