एनआईसी एशिया बैंकको खुद नाफा ३ अर्ब ६० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 08:20:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले चालू आ.व. २०७८÷७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रयमासमा  ३  अर्ब ६० करोड खुदनाफा आर्जन गरे छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । 

 बैंकले आ.व. २०७८÷७९ को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पु¥याएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पु¥याएको छ । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

बैंकको वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ रहेको  छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको बकले उल्लेख गरेको छ ।

बैंकले आ.व. २०७८÷७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved