सेन्चुरी बैंक अर्ब क्लबमा प्रवेश, १८३.५९ प्रतिशतले बढ्यो नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 08:33:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सेन्चुरी बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३५ करोड ८१ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  बैंकको खुद नाफा बढेर १ अर्ब १ लाख कायम भएको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशतले बढेर २ अर्ब १४ करोड पुगेको छ । बैंकको बितरणयोग्य मुनाफा भने ५१ करोड २२ लाख रहेको छ । कम्पनीले प्रोभिजन गरेको २७ करोड राइट ब्याक गर्न सफल भएपछि बैंकको नाफा ह्वात्तै बढेको हो । 

यस अवधिमा बैंकको निक्षेप ३.१८ प्रतिशतले बढेर ९० अर्ब ५२ करोड पुगेको छ भने भने कर्जा प्रवाह ११.४६ प्रतिशतले बढेर ८७ अर्ब २ करोड पुगेको छ। बैंकको खराब करह १.६० प्रतिशत रहेको छ । 

९ अर्ब ५५ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब ३० करोड रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved