शिखर इन्स्योरेन्सको हकप्रद बाँडफाँड, ७७ हजार कित्ता शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 08:51:33 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार हकप्रद शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने २७ हजार ७ सय १० जना आवेदकलाई ५१ लाख ९७ हजार ८ सय ५१ दशमलव १२ कित्ता शेयर बाँडफाँड गरिएको छ। हकप्रदमा बिक्रि नभएको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाममा आउने छ ।

कम्पनीले  चैत्र १ गतेदेखि  चैत्र २१ गतेसम्म १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने ब्यबस्था थियो। 

कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved