एनआईसी एशिया क्यापिटलको खुद नाफा ६३ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 07:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले आ.व. २०७८/०७९ को तेश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ९१ लाख ९१ हजार खुद मुनाफा आर्जन गरेको छ । 

कम्पनीले प्रति शेयर आम्दानी ५९.४६ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशतले बृद्धि हो ।

आ.व. २०७८/०७९ को तेश्रो त्रैमास अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड”, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” र “एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)” तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ ।

पाँचौ रु.१ अर्व बराबरको बन्दमुखी योजना “एन आई सी एशिया फेलेक्सी क्याप फण्ड” नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ । 

ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । 

पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरण पश्चात् समेत आ.व. २०७८÷०७९ को तेश्रो त्रैमासको अन्त्यमा “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य रु.१४.०५, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य  रु. १३.१६ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य रु. १०.८९ कायम गर्न सफल भएको छ । 

तेश्रो बन्दमुखी योजना एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको बाँडफाँड भएको पहिलो नौ महिनामा खुद सम्पत्ति मूल्य रु. ९.९९ कायम रहेको छ । 

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०७८/०७९ को तेश्रो त्रैमाससम्म ५५३ जना ग्राहकहरुबाट रु.१ अर्व ५३ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा ३३.०२ प्रतिशतले बृद्धि हो ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७८ साल चैत्र मसान्तसम्ममा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म ८ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved