नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 08:18:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीको ६ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो ।  

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५४४.३४ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५७७ रुपैयाँ रहेको थियो ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  बैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले बैशाख २१ गते कमलपोखरी स्थित अग्रवाल भवनमा सभा आह्वान गरेको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  

कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले आ.व. २०७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पूँजी रु. १,१८,३६,०४,४००।- (अक्षरेपी एक अरब अठार करोड छत्तीस लाख चार हजार चार सय मात्र) को ६ (छ) प्रतिशतका दरले हुन आउने रकम रु.७१०,१६,२६४।- (अक्षरेपी सात करोड दश लाख सोह हजार दुई सय चौसठी मात्र) बराबरको बोनस शेयर एवं उक्त बोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूँजीको ०.३१५८ प्रतिशतले हुन आउने रकम रु. रु. ३७,३७,६९८/- (अक्षरेपी सैतीस लाख सैतीस हजार छ सय अन्ठानब्बे मात्र) नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो।

  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved