एनएमबि बैंकले बैशाख २१ गतेदेखि ३ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 08:39:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १५ वर्ष अवधि तथा वार्षिक ४ प्रतिशत ब्याज भएको एनएमबी उर्जा ऋणपत्र (Energy Bond २) निष्काशन गर्ने भएको हो ।

बैंकले प्रति कित्ता १ हजार अंकित दरले ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता  ऋणपत्र निष्काशन गर्न लागेको हो  । जस मध्ये २१ लाख कित्ता निजि तबरबाट र १४  लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १४ लाख कित्ता मध्ये ७० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

यस ऋणपत्रमा छिटोमा बैशाख २५ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ  ।  ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।   

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved