निक्षेप सदस्य के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । निक्षेप सदस्य के.सी.एल. अस्ट्यूट क्यापिटलको नाम परिवर्तन भई गरिमा क्यापिटल लिमिटेड कायम भएको हो ।
साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड (१३०१७६००) का नाममा दर्ता कायम भै निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्र तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मिति २०७९ साल वैशाख महिना ०७ गते जारी गरेको अद्यावधिक निक्षेप सदस्यताको प्रमाणपत्र बमोजिम निक्षेप सदस्यको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड (१३०१७६००) बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड (१३०१७६००) कायम भएको हो ।
साथै, अब उप्रान्त मेरो सेयरको वेबसाइटमा निक्षेप सदस्य (Depository Participants (DP) को नाम के. सी. एल. अस्ट्यूट क्यापिटल लिमिटेड (K.C.L. Astute Capital Limited) को सट्टामा गरिमा क्यापिटल लिमिटेड (Garima Capital Limited) प्रयोग हितग्राही ग्राहकहरुलाई कम्पनीले आग्रह गरेको छ।