३४.९५ अंकले घट्यो नेप्से सूचक, जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 03:30:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोवारमा आएका २३९ कम्पनीका ५० लाख ४७ हजार ७ सय ६९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ८ करोड ११ लाख बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्टको ६ करोड ६२ लाख, तथा हिमालयन डिस्टिलरीको ६ करोड ४३ लाखको कारोबार भएको छ । 

आज कारोबारमा आएका मध्ये होटेल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । होटेल एण्ड टुरिजम र म्युचुअल फण्डको सूचक क्रमश ०.१३ र ०.८२ प्रतिशतले बढेको छ । 

आज जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर मूल्य सर्वाधिक ७.७० प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको शेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved