जेठदेखि साताको ४ दिन मात्र शेयर कारोबार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 02:43:05 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठदेखि साताको ४ दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले जेठ १ गतेदेखि लागु हुने गरि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेकोले सातामा ४ दिन मात्र शेयर कारोबार हुने भएको हो ।  

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा २ दिन सार्वजनिक विदा दिने निरन्य गरेको बताए । उनका अनुसार  जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । 

उनका अनुसार हप्तामा २ दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुनेछ । यो परीक्षणका लागि गरिएको उनको भनाई छ । 

सरकारको निर्णयमा भनिएको छ 'हाल लाई परिक्षणको रुपमा २०७९ जेठ १ गते देखि लागु हुने गरि बिहान ९:३० बजे साझ ५:३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने। '

हाल आइतबार देखि बिहिबार शेयर कारोबार हुदै आएको छ। सार्वजनिक विदाको दिन कारोबार हुने गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved