सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 08:14:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बैशाख १५ गते अन्तिम दिन रहेको छ  l   कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १६ देखि बैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज  बैशाख १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् l 

कम्पनीले  बैशाख २८ गते लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ  l सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् l कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ l

 कम्पनीको बार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

यस्ता छन् कम्पनीको सभामा  पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव :

१. संचालक समितिको तर्फबाट अध्यक्षज्युवाट पेश हुने आ.ब.२०७७/०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने ।

२. आ.ब.२०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनूसूचीहरु पारित गर्ने ।

३. संचालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजी रु.१,११,१३,५७,५००/- को १.०५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) बितरणको प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको आ.व.२०७८/०७९ को लेखा परिक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखा
परिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने ।

५. कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा संचालक समितिबाट श्री शोभा श्रेष्ठलाई नियुक्ती गरिएकोमा सो को अनुमोदन गर्ने।

 बिशेष प्रस्ताव

१. संचालक समितिबाट प्रस्ताब भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजी रु. १,११,१३,५७,५००/- को २० प्रतिशत अर्थात बर्तमान १० शेयर बराबर २ शेयर (१०:२) अनपातमा बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर बितरण गर्दा कायम हुन आउने दशमलवपछिको अङ्कलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. प्रवन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूंजी रु. दुई अर्बबाट बृद्धि गरी रु. ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्ता पूंजीको व्यवस्था गरी कम्पनीको चुक्ता पूंजी रु. १,३३,३६,२९,०००/- (एक अर्ब तेत्तिस करोड छत्तिस लाख उनान्तीस हजार) कायम गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

३. कम्पनीबाट Covid-१९ को समस्यालाई मध्येनजर गरी बिभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड 'ग' ले निर्धारण गरेको सिमा नाघेको हुदा सो अन्तर्गत भएको खर्च रु. ३३ लाख ४५ हजार ५ सय लाई अनुमोदन गर्ने ।

४. निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने ।

५. उपरोक्त बमोजिमका प्रस्ताव पारित भई स्वीकृतिका लागी पेश हुदा नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा संसोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

 बिबिध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved