ब्रोकरको मुख्य माग सम्बोधन बिना नै कार्यन्वयनमा आउँदै मार्जिन कारोबार सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 04:34:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर दलाल (ब्रोकर) हरुको मुख्य माग सम्बोधन बीना नै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आउने भएको छ। ब्रोकरहरुले अघि सारेका दुई महत्त्वपूर्ण माग सम्बोधन बीना नै मार्जिन कारोबार सुविधा कार्यन्वयनमा आउँन लागेको हो।

ब्रोकरहरुले अगाडी सारेका मध्ये दुई महत्त्वपूर्ण मागलाई यथावत राखेर नै मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि (प्रथम संसोधन) २०७७ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको हो। बोर्डले गत बर्ष अर्थात २०७८  जेठ ११ मा नै यो कार्यविधिको प्रथम संसोधन स्वीकृत गरि नेप्सेलाई पठाएको थियो।

विभिन्न माग राखिएपनि ब्रोकरहरुले अलिखित दुई माग अगाडी सारेको र ती माग सम्बोधन बीना नै कार्यविधि संसोधन भएर आएको स्रोतले जनाएको छ। कर्जा लिनलाई सेयर लगानीकर्ताले ब्रोकरमा धितो राखेको सेयर पुन: बैंकमा राखेर त्यसका बिरुद्दमा कर्जा लिन पाउने माग ब्रोकरले राखेका थिए । त्यस्तै अर्को मागमा मार्जिन कारोबार सुविधा सम्बन्धी आवश्यक प्राविधिक सुविधा अर्थात यसलाई सपोर्ट गर्ने सिस्टम पनि नेप्सेले नै बनादिनुपर्ने ब्रोकरको माग रहेको छ।

केहि दिनमा नै मार्जिन कारोबार सुविधा कार्यन्वयनमा आउने नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बिजपाटीलाई बताए। भोलिदेखि नै या कम्तिमा पनि यो सातादेखि मार्जिन कारोबार सुविधा कार्यन्वयनमा आउने उनले बताए।

धितोपत्र बोर्डले स्वीकृत गरेर पठाएको कार्यविधि कार्यन्वयन गर्दै अगाडी बढ्ने र कार्यन्वयनको क्रममा आएका समस्याहरु पनि सोहि अनुसार व्यवस्थापन गर्दै अगाडी बढ्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved