एनआईबिएल एस क्यापिटलद्वारा सहभागिता फण्डको एजेन्ट नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 05:02:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी म्युचुअल फण्ड योजनाको  वितरक (एजेन्ट) को रुपमा सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई नियुक्त गरेकोे छ । क्यापिटलले  एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाको एजेन्टको रुपमा सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई नियुक्त गरेकोे हो।

योजनाका इकाईहरुको खरिद÷बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को नियुक्त गरिएको क्यापिटलले जनाएको छ । 

 यस अघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुदै आइरहेको छ ।

विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो  खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved