१०९ प्रतिशतले बढ्यो आँधिखोला लघुवित्तको संचालन मुनाफा, अरु सूचकमा पनि लोभलाग्दो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 11:40:30 PM मा प्रकाशित

आधिखोला लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तिय वितरणको तथांक सार्वजनिक गरेको छ। आंधीखोला लघुवितले गत आर्थिक बर्षको तुलनमा यस बर्ष करिब ४२ प्रतिशतले खुद मुनाफा बढाएर ३ करोड ४८ पुर्याएको छ।

तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार आंधीखोलाको खुद मुनाफा २ करोड ४६ बाट बढेर ३ करोड ४८ लाख पुगेको छ। जुन प्रतिशतमा ४१।४२  प्रतिशतले बढी हो। 

यस अवधिमा आँधिखोलाले ६९ करोड ४५ लाख सापटी तथा सदस्यबाट ४५ करोड २० लाख संकलन गरेर १ अर्ब ३३ करोड कर्जा लगानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा आँधिखोलाले ६३ करोड ९७ लाख सापटी र सदस्यबाट ४२ करोड २८ लाख संकलन गरेर १ अर्ब २२ करोड कर्जा लगानी गरेको थियो। 

आँधिखोलाको खुद ब्याज आम्दानी गत बर्षको यस अवधिसँगको तुलनमा ३ करोड ९९ लाखबाट बढेर ५ करोड ५९ लाख पुगेको छ। जुन प्रतिशतमा झन्डै ४१ प्रतिशतले बढी हो।   

यस अवधिमा आँधिखोलाको चुक्तापुंजी दश करोड रहेको छ भने रिजर्भ तथा सरप्लस ८ करोड ५३ लाखबाट बढेर ९ करोड ५५ लाख पुगेको छ। जुन गत आर्थिक बर्षको तुलनमा आँधिखोलाको रिजर्भ ११।९५ प्रतिशतले बढी हो।   

त्यस्तै आँधिखोला लघुवित्तको संचालन मुनाफा पनि १०९ प्रतिशतले बढेको छ।  संचालन मुनाफा २ करोड १४ लाखबाट बढेर ४ करोड ४७ लाख पुगेको छ।  

यस अवधिमा आँधिखोलाको प्रति सेयर आम्दानी ४६ रुपैयाँ ४४ पैसा, प्रति सेयर नेटवर्थ १९५ रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात १०.१ गुणा रहेको छ। त्यस्तै यस अवधिमा आँधिखोलाको खराब कर्जा अनुपात ४।३१ प्रतिशतबाट घटेर ३।४६ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै कस्ट अफ फण्ड अर्थात लागत पनि १०।८२ प्रतिशतबाट घटेर ९।०८ प्रतिशतमा ओर्लिएको छ। 

आँधिखोला लघुवित्त वित्तीय संस्थाले १० (दश) जिल्ला (स्याङ्जा, कास्की, तनहुँ, लमजुङ्ग, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी र आर्घाखाँची) को ईजाजत प्राप्त गरी १९ वटा शाखा मार्फत आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । वित्तीय संस्थाले कार्यक्रम बिस्तार र गुणस्तर दुबै पक्षलाई साथै लैजाने नीति लिएको छ । 

 


 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved