एचआईडिसीएललाई शेयर लिलामी प्रक्रिया अगाडी बढाउँन बोर्डको निर्देशन, राष्ट्र बैंकको ग्रीन सिग्नल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2022 | 09:23:10 AM मा प्रकाशित

laxmi  sunrise bank

 हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) लाई स्थगित भएको शेयर लिलामी प्रक्रिया अगाडी बढाउँन बाटो खुलेको छ । राष्ट्र बैंकले ग्रीन सिग्नल दिएपछि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थगित  भएको शेयर लिलामी प्रक्रिया अगाडी बढाउँन निर्देशन दिएको हो ।

कम्पनीले लिलाम गरिरहेको शेयर कुन समुह अन्तर्गत रहने र नेप्सेमा यसको कारोबार कसरी हुन्छ भन्ने विषय सूचना मै प्रष्ट पारेर शेयर लिलामी प्रक्रिया अगाडी बढाउँन बोर्डले निर्देशन दिएको हो। यस संगै अब एचआईडिसीएलको संचालक समितिले निर्णय गरेपछि शेयर लिलामी प्रकिया सुरु हुने छ।

एचआईडिसीएलका कम्पनी सचिव जीवन बस्नेतका अनुसार कम्पनीले लिलाम गर्ने संस्थापक समुहको शेयरमा  राष्ट्र बैंकले फिट एण्ड प्रपर टेस्टको प्रावधान लागु नहुने जवाफ पठाएको छ । एचआईडिसीएल नेपाल राष्ट्र बैंकको आंशिक नियमनमा गएकोले धितोपत्र बोर्डले यसबारे राष्ट्र बैंकको राय माग गरेको थियो। जवाफमा राष्ट्र बैंकले फिट एण्ड प्रपर टेस्ट लागु नहुने जवाफ पठाएको हो ।  तर कम्पनीले लिलाम गर्ने संस्थापक शेयर भने संस्थापक समुह मै रहने छन् । यद्यपि संस्थापक शेयरको समेत लकिङ पिरियड खुलिसकेको र कम्पनीको शेयर संस्थापक तथा सर्बसाधारण समुह नछुट्याईएकोले समान मूल्यमा कारोबार हुने छन् । कारोबार सिम्बल , र कारोबार मूल्य समान हुने भएपनि समुह भने संस्थापक हुने कम्पनीले जनाएको छ । 

यद्यपि यसबारे कम्पनीको बोर्डले थप निर्णय गर्ने कम्पनी सचिव बसन्तले बताए । उनले भने ' अब हाम्रो कम्पनीको संचालक समितिको बैठक बसेर निर्णय गरि , सबै विषय सूचनामा प्रष्ट पारेर पुन: आवेदन माग गर्छौ'। 

कम्पनीले फागुन १ गतेदेखि  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलाममा ल्याएको थियो । यस अघिको हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर कम्पनीले फागुन १ देखि पुन: लिलामीमा ल्याएको थियो ।

 कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर फागुन १ देखि पुन: लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको थियो । इच्छुक तथा योग्य जो कोहि व्यक्ति तथा संस्थाले फागुन १ गतेदेखि फागुन १५ गतेसम्म लिलाम बढाबढमा भाग लिन पाउने ब्यबस्था थियो। तर लिलाम बिक्रि बन्द हुनु २ कार्य दिन अगाडी नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि सम्पूर्ण लिलाम प्रक्रिया स्थगित भएको थियो । पछि बोर्डले आवेदकलाई पैसा फिर्ता गर्न निर्देशन दिएपछि लिलाम प्रक्रिया थप अनिश्चित बनेको थियो । अब भने शेयर लिलाम प्रक्रिया पुन: सुचारु हुने भएको छ ।

 कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन। संस्थापक शेयर खरीद गर्दा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था भएकोले शेयर बिक्रि हुन सकेको थिएँन । यस पटक भने कम्पनीले न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था हटाईसकेको छ ।  यससंगै कम्पनीको बिक्रि हुन बाँकी रहेको ३ करोड ३० लाख कित्ता शेयर सजहै बिक्रि हुने कम्पनीको विश्वास थियो ।  

कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved