युनाइटेड इदी मर्दीको साधारणसभा आह्वान , यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 09:05:15 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ १४ गते शनिवार साधारणसभा आह्वान गरेको हो । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल

गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने र आ.व.२०७८/०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक
निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved