किसान लघुवित्तको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 10:46:42 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्तको लाभांश परिमार्जन भएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १ सय ९४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । 

तर राष्ट्र बैंकले २० प्रतिशत बोनस मात्र वितरण गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ। यस संगै अब कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा को २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । यो कम्पनी साविकको एनआरएन लघुवित्त हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved