जेठबाट सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार, नेप्सेले ब्रोकरलाई दियो यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 05:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ ।  नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गतेको बैठकले नेपाल सरकारको निर्णयानुसार नै कार्यालय समय संचालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने निर्णय गरेको हो।

नेप्सेले आज आइतबार सम्पूर्ण ब्रोकरहरुलाई सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने ब्यबस्था गर्न निर्देशन दिएको छ । 

नेप्सेले ब्रोकरहरुलाई पठाएको पत्रमा भनिएको छ 'उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार अनुरोध छ ।'

नेप्से यसबारे लगानीकर्ता र सम्पूर्ण सरोकारवालालाई समेत सुचना मार्फत जानकारी गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved