महुली लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 08:51:11 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्त वित्तीय संस्थाले बोनस शेयर पाउनको लागि कर तिर्न आग्रह गरेको छ ।  २०७७/०८/०८ गतेपछि शेयर खरिद गरेका लगानीकर्तालाई कम्पनीले कर तिर्न आग्रह गरेको हो । 

 २०७८ पौष २४ गते सम्पन्न ९ औं बार्षिक साधारण सभाबाट आ.व.२०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २६% का दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हुँदा आज मिति २०७९ बैशाख २६ गतेदेखि बोनस शेयर डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।  साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७/०८/०८ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हुनाले आयकर ऐन, २०६३ को दफा ४७(क) मा भएको व्यवस्था अनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको तर उक्त मिति पश्चात् भएका शेयर कारोबारबाट प्राप्त शेयरको बोनस शेयरमा लाभकर लाग्ने हुँदा उक्त बोनस शेयरको कर वापतको ५% (पाँच प्रतिशत) ले हुने रकम जम्मा गरे पश्चात् मात्र बोनश शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले जनाएको छ ।

सनराइज बैंकको कमलपोखरी शाखामा रहेको खाता नम्बर ०६५०३७१११४७०१०२४  मा SRCL Mahuli Bonus Tax 77.78 को नाममा रहेको खातामा कर वापतको रकम तिर्न कम्पनीले आग्रह गरेको छ । 

कर वापतको रकम जम्मा गर्नका लागि सनराइज क्यापिटलबाट पठाइएको SMS (SRCL Alert Link) मा क्लिक गरि बुझाउन सकिने अथवा बैंकमा जम्मा गर्दा विवरणमा आफ्नो हितग्राही खाता नं., नाम तथा मोबाइल नम्बर समेत अनिवार्य उल्लेख गरि बुझाउन सकिने क्यापिटलले जनाएको छ। कम्पनीका अनुसार बोनसमा तिर्नुपर्ने करको रकमको जानकारी प्राप्त गर्ने तरिकाः आफुले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेडको वेबसाईट www.sunrisecapital.com.np मा गई हेर्न सकिनेछ।

शेयर दाखिल खारेज बन्द भएको मिति २०७४/०९/१२ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गर्नुपर्ने भए सो समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter वा फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved