नियम विपरित अडलट कारोबार नगर्न नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 09:47:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नियम विपरित अडलट कारोबार नगर्न ब्रोकर कम्पनी तथा सरोकारवालालाई निर्देशन दिएको छ। धितोपत्र व्यवसाय सञ्चालन गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदस्य दलालमा रहेको स्मरण गराउदै नेप्सेले सम्पूर्ण सदस्य दलाललाई नियम विपरित सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाईन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न भनेको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (५)को उपविनियम (१) मा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य रु.१० भएमा १०० कित्ता र अंकित मूल्य रु. १०० भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था रहेको साथै सोही विनियमको उपविनियम (२) मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य रु.१० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य रु. १०००/- भएमा १ किता कारोबार इकाई हुने उल्लेख छ । सोहि विनियमको उपविनियम (३) बमोजिम “उपविनियम (१) र (२) मा उल्लखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन" भन्ने उल्लेख छ ।

हाल अडलट कारोबार गर्न सक्ने ब्यबस्था धितोपत्र कारोबार सञ्चालन विनियमावलीले गरेको छ । तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइदैन । जस्तै यदि कोहि शेयरधनीसँग कुनै कम्पनीको ९ कित्ता शेयर छ भने उसले ९ कित्ता वा सो भन्दा कम कित्ता शेयर बिक्रि गर्न पाउछ  ।  तर यदि शेयरधनीसँग १० कित्ता वा सो भन्दा बढी कित्ता शेयर छ भने १० कित्ता वा सो भन्दा कम शेयर बिक्रि गर्न नपाइने ब्यबस्था छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved