नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नतिको लागि पुन: आशयपत्र (एकप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) आह्वान गरेको छ । नेप्सेले आज मंगलबार सूचना जारी गर्दै इच्छुक तथा योग्य कम्पनीबाट आशयपत्र माग गरेको हो।
नेप्सेले जेठ ११ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । नेप्सेले आशयपत्र आएपछि तिनीहरुको मुल्यांकन गरि उत्कृष्ट ६ वटा कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिने जनाएको छ । प्राविधिक र आर्थिक प्रस्तावको मुल्यांकनपछि ति ६ मध्ये उत्कृष्ट मध्ये १ कम्पनीले उक्त ठेक्का पाउने छ ।
आशयपत्र मुल्यांकन गर्दा नेप्सेले जनशक्तिको योग्यता र अनुभवलाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत, र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकको आधारमा मुल्यांकन गरिने छ ।
नेप्सेले नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को पर्फरमेन्स ट्युनिङ, अप्टिमाईजेसन, डाटा माइग्रेसन र डिप्लोईमेन्ट कार्य गर्नको लागि आशयपत्र माग गरेको हो ।
हेर्नुस् सूचना: