२ वटा हाइड्रोले पाए नियमन आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 10:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति पाएका छन् ।  आयोगले बरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । 

बरुण हाइड्रोले हाल कायाम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रदको लागि आयोगबाट पूर्व स्वीकृति पाएको हो ।  त्यस्तै  ङादी ग्रुप पावर लिमिटेडले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदको लागि आयोगबाट पूर्व स्वीकृति पाएको हो । 

अब नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीलाई हकप्रद निष्काशनको लागि बाटो खुल्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved