

सेयरबजारमा लगातार तेस्रो दिन हरियाली छाएको छ। आइतबार र सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक कारोबारको तेस्रो दिनपनि ४४ अंकले बढेको हो।
आज कारोबारको तेस्रो दिन सेयर बजारको परिसूचक नेप्से ४४।१६ अंकले बढेर २३१३ को बिन्दुमा उक्लिएको हो। आज मंगलबारको कारोबारमा दोहोरो अंकले नेप्से परिसूचक बढ्दा कारोबारमा आएका सबै उपसूचकहरु पनि बढेका छन्। जसमा सबै भन्दा बढी जीवन वीमाको सूचक २३६ अंकले बढेको छ।
त्यस्तै ४४ अंकले बढेको आजको सेयरबजारमा १ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा कारोबारमा आएका २२६ कम्पनीका सेयर २६ हजार ५६५ पटक कारोबार हुँदा ३३ लाख ३० हजार १५० कित्ता कारोबारमा आएका छन्।
आजको कारोबारमा धेरै कमाउने कम्पनीको सुचिमा बरुण हाइड्रो, न्यांदी ग्रुप पावर, जाल्पा लघुवित्त युनिभर्सल पावर रहेका छन्।
बाउन्स ब्याकको बुझाई
लगातार तेस्रो दिन दोहोरो अंकले नेप्से बढेपछि बजार बाउन्स ब्याक भएको आम लगानीकर्ताको बुझाई छ। नेप्से धेरै तलसम्म गईसकेकाले चुनाव अगाडीसम्म केहि अंकले बाउन्स ब्याक हुने आशा पलाएको एक लगानिकर्ताले बताएका छन्।
आइतबार १२।२७ अंकले बढेको नेप्से सोमबार पनि १७।९५ अंकले बढेको थियो। तीन दिनमा नेप्से ७४।३८ अंकले बढेको हो।