सारा नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने , एनआईसी एशिया क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 04:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सारा नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले एनआईसी एशिया क्यापिटलको “आईडीया टु आईपिओ" सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने भएको हो। 

“आईडीया टु आईपिओ" सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरेको छ। सोही सेवा अन्तर्गत क्यापिटलले सारा नेपाल लिमिटेडसँग सम्झौता गरेको हो।  सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने छ। 

सारा नेपाल लिमिटेड डिपार्टमन्टल स्टोर, जलविद्युत परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ संचालन भईरहेको छ । हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरुलाई प्रबद्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved